Breaking News.... EverestOnlineKhabar
June 25, 2026

राजपा आन्तरिक कलहमाः आधा दर्जन नेताद्वारा पदाधिकारी बैठक बहिष्कार

Loading

काठमाडौ,२० साउन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबारदेखि सुरु भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन्। पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए।
बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट पार्टी अगाडि बढ्न सुझाव दिएका छन्। अध्यक्षमण्डलका राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरूभन्दा जुनियर रहेको दाबी गर्दै त्रिपाठी समूहले जुनियरको तल रहेर राजनीतिक जीवन व्यतीत गर्न नसक्ने जानकारी अध्यक्ष ठाकुरलाई दिएको छ ।
साविकको तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालय थापागाउँमा बिहान ९ बजे पुगेका त्रिपाठीसहितका नेताले राजनीतिक समिति गठन गरी पदीय विवाद अन्त्य गर्न आग्रह गरेका थिए। उनीहरूले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि लगिएको विधान, घोषणापत्रलगायत केन्द्रीय नेतृत्वको सूचीमा सबैलाई केन्द्रीय समिति सदस्य किन भनिएको भनी ठाकुरसमक्ष जिज्ञासा राखेका थिए।
दलको विधान स्पष्ट हुनुपर्ने कि नपर्ने भन्दै उनीहरूले ठाकुरबाहेक अध्यक्षमण्डलका केही नेता समकक्षी र केही जुनियर भएको दाबी गरेका थिए। प्रत्युत्तरमा ठाकुरले जन्मकुण्डली हेरेर राजनीति नचल्ने भन्दै ६ वटा पार्टी एकीकरण भई राजपा गठन हुँदा तत्कालीन पार्टी अध्यक्षलाई अध्यक्षमण्डलमा राखिएको जिकिर गरेका थिए।
सांसद वृजेशकुमार गुप्ताले भने तमलोपाका पदाधिकारी राजपाका पदाधिकारी हुन आधिकारिक पत्र आउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed