Breaking News.... EverestOnlineKhabar
June 25, 2026

बर्दियाका ४ तहमा मतगणना सुरू, सबैमा माओवादीको अग्रता

Loading

बर्दिया,१५ असार ।
बर्दियामा मतगणना सुरु भएको छ । ८ वटा स्थानीय तह रहेको बर्दियामा अहिले मधुवन नगरपालिका, ठाकुरवावा, नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकाको मतगणना सुरु भएको हो । अन्य स्थानको ९ बजेपछि सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए ।
मधुवन नगरपालिकामा खसेको २१ हजार ७ सए ९० मत मध्ये १ हजार मत गणना भएको छ । जसमा नेकपा माओवादी केन्द्रले ३९४ मतका साथ अगाडि रहेको छ भने नेपाली काग्रेस ३४८ मत र नेकपा एमाले १३७ मत प्राप्त गरेको छ सोही नगरपालिकाको उपमेयरमा पनि माओवादीकै अग्रता रहेको छ ।
मतगणना भैरहेका ३ वटा नगरपालिका र एउटा गाउँपालिकाको माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा अग्रता लिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed