Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कन्फेडेरेसन कप फुटबलको पहिलो सेमिफाइनलःपोर्चुगल र चिली भिड्दै

Loading

एजेन्सी,१४ असार ।
रुसमा जारी कन्फेडेरेसन कप फुटबलका सेमिफाइनल खेल आजबाट हुँदैछन् । आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले ल्याटिन अमेरिकी च्याम्पियन चिलीसँग खेल्नेछ । समुह चरणका सबै तीन खेलमा अपराजित रहेको पोर्चुगल समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने चिली अर्को समूहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । आजको खेलमा पोर्चुगलका क्रिश्चियानो रोनाल्डो तथा चिलीका अलेक्सीस सान्चेज र अर्टुरो भिडालको प्रदर्शन निर्णायक बन्नसक्छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि विश्व विजेता जर्मनीले उत्तर अमेरिका तथा क्यारेबियन समूहको विजेता मेक्सिकोसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed