Breaking News.... EverestOnlineKhabar
June 25, 2026

सरकारविरोधी सैन्य अधिकारीद्वारा प्रहरीको हेलिकोप्टर कब्जा..?

Loading

एजेन्सी,१४ असार ।
भेनेजुएलामा सरकारविरोधी एक सैन्य अधिकारीले प्रहरीको हेलिकोप्टर नियन्त्रणमा लिएर सर्वोच्च अदालतमा हवाइ हमला गरेका छन् । राष्ट्रपति निकोलस मदुरोले सर्वोच्च अदालतमा प्रहरीको हेलिकोप्टरबाट हमला भएको बताएका छन् । उनले उक्त हमलालाई‘आतंकवादी घटना’ भनेका छन् ।
समाचार एजेन्सीहरुका अनुसार ओस्कार पेरेज नाम गरेका सैन्य अधिकारीले सो हेलिकोप्टर नियन्त्रणमा लिएर हमला गरेका हुन् । उनी स्वयं उक्त हेलिकोप्टरमा सवार थिए । अनलाइनमा पोस्ट गरिएको एक भिडियोमा राजधानी कराकसको आकाशमा उक्त हेलिकोप्टर उडेको देखिन्छ । सोही क्रममा विस्फोटको आवाज पनि सुनिन्छ ।
सरकारी अधिकारीहरुका अनुसार हमलाअघि ओस्कारले हेलिकोप्टर नियन्त्रणमा लिएका थिए । हमलाअघि ओस्कारले सन्देश जारी गर्दै सरकारलाई‘आपराधिक’ संज्ञा दिएका थिए । उनले त्यस्तो सरकारविरुद्ध कारवाही गर्नका लागि सबैलाई अपीलसमेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed