Breaking News.... EverestOnlineKhabar
June 25, 2026

भारतको राष्ट्रपतिका लागि २४ जनाले दिए उम्मेद्वारी

Loading

नयाँदिल्ली,९ असार ।
भारतको नयाँ राष्ट्रपतिका लागि बिहीवारसम्म जम्मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । संविधानअनुसार मुलुकको सर्वोच्च पदका लागि सत्तारुढ दल भारतीय जनता पार्टीले भने पूर्वी राज्य बिहारका गभर्नर रामनाथ कोभिन्डलाई राष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि अर्थात् गत सोमबार नै घोषणा गरेको थियो । भारतमा आगामी जुलाईको १७ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ भने जुलाई २० तारिखमा नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको पाँच वर्षे कार्यकाल जुलाईको अन्त्यमा सकिन लागेकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । भारतीय स्रोतले दिएको जानकारीअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कोहीपनि राजनीतिक पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका होइनन् । उनीहरु सबैले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिएकामध्ये दुईजनाको उम्मेदवारी निर्वाचन आयोगले अस्वीकृत गरेको छ । राष्ट्रपति पदको उम्मेदवारका लागि आवश्यक कागजपत्रहरु उनीहरुसँग नभएकाले उनीहरुको उम्मेदवारी अस्वीकृत गरिएकोे जनाइएको छ ।
भारतीय जनता पार्टीले आफू नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आगामी राष्ट्रपतिका लागि ७१ वर्षीय रामनाथ कोभिन्डलाई गत सोमबार नै उम्मेदबार बनाएको थियो । कोभिन्ड दुईपटकसम्म सांसद भइसकेका छन् भने अहिले पूर्वी राज्य विहारका गभर्नर छन् । यसअघि, दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति भएका केआर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेवारी सम्हालेका थिए ।
कोभिन्ड निर्वाचित भए भने भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउनेछ । भारतको कानुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न कम्तीमा ३५ वर्ष नाघेको हुनुपर्ने व्यवस्था छ । राष्ट्रपति छनोट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरुले मतदान गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed