Breaking News.... EverestOnlineKhabar
February 8, 2026

तीन प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता

Loading

असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय चुनावका लागि तीन प्रदेशमा आज उम्मेदवारी मनोनयन दर्ता भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा मनोनयन दर्ता भइरहेको छ।
झण्डै ८ हजार मतदान केन्द्रमा बिहान ८ बजेदेखि साँझ ४ बजेको समय उम्मेदवारी मनोनयन दर्ताका लागि छुट्टयाइएको आयोगले जनाएको छ।
आयोगको संशोधित कार्यतालिका अनुसार दर्ता भएका मनोनयनको दावी विरोधका लागि ५ र ६ गतेको समय छुट्टयाइएको छ र ६ गते नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको आयोगका अधिकारीले बताएका छन्।
प्रचारप्रसार
त्यसपछिको चुनाव चिन्ह वितरण लगायतका कार्यक्रमबारे आयोगका सचिव गोपीनाथ मैनालीले भने, “उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि ५ र ६ गतेसम्म यसको दावी विरोध, अन्तिम नामावली प्रकाशन गरेपछि हामीले ७ गते अन्तिम चिन्ह वितरण गर्छौँ र त्यसपछि उम्मेदवारहरुले प्रचारप्रसार गर्नुहुनेछ र त्यो क्रम मौन अवधिसम्म जारी रहनेछ।”
उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि ५ र ६ गतेसम्म यसको दावी विरोध, अन्तिम नामावली प्रकाशन गरेपछि हामीले ७ गते अन्तिम चिन्ह वितरण गर्छौँ र त्यसपछि उम्मेदवारहरुले प्रचारप्रसार गर्नुहुनेछ र त्यो क्रम मौन अवधिसम्म जारी रहनेछ।
गोपीनाथ मैनाली, सचिव, निर्वाचन आयोग
आयोगका अनुसार ६४ लाख मतदाता सहभागी हुने दोस्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा मतदान हुँदैछ र १५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुनेछन्।
आयोगले महिला दलित र अल्पसंख्यक लगायतले मनोनयन दर्ताका लागि लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको बताएको छ।
पहिलो चरणको निर्वाचन भन्दा दोस्रो चरणको निर्वाचनमा प्रचारप्रसारको केही समय कटौती गरिएको भन्दै सचिव मैनालीले भने, “एक हप्ताबाट घटाएर ६ दिनका लागि प्रचारप्रसारको समय दिने निर्णय गरेका छौँ। सामान्य परिवर्तन गर्नुको उद्देश्य चाहिँ निर्वाचन प्रक्रियामा आउनका लागि तयारी गर्न नभ्याएका केही राजनीतिक दलका लागि समय दिइएको हो भनेर सम्झिनुपर्छ।”
सर्तकता
प्रमुख दलले यसअघि नै आफ्ना उम्मेदवार चयन गरिसकेका छन्।
तर तराईको असन्तुष्ट दल राष्ट्रिय जनता पार्टी नेपालले पुर्याउन सक्ने अवरोधका सम्भावनाबारे गृह प्रशासन र सुरक्षा निकाय सतर्क रहेको आयोगले बताएको छ।
सरकारले असन्तुष्ट दललाई पनि समेट्ने भन्दै प्रदेश नम्बर २ को चुनाव असोज २ गतेका लागि सारिसकेको छ।
यद्यपि आफ्ना मागहरु सम्बोधन नगरिएको भन्दै मोर्चाले आन्दोलनका कार्यक्रम जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.