Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नेटो सेनाको हवाई कारबाहीमा ४३ लडाकु मारिए

Loading

काबुल, १ असार ।
अफगानिस्तानको हेल्मड प्रान्तमा गएराति गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा पनि ४३ जना लडाकु मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले हवाई सुरक्षा कारबाहीमा उनीहरु मारिएको बुधबार जनाएको समाचारमा उल्लेख छ ।
नेटो सेनाले गरेको हवाई कारबाही मार्जा जिल्लाको वाकिलमा भएको थियो । आक्रमणमा परी मारिनेमा तालिवान लडाकुका मुख्य पदाधिकारी पनि रहेका मन्त्रालयले वक्तव्यमा जनाएको छ । सो कारबाही गरिएको स्थानबाट ठूलो मात्रामा उनीहरुका हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रणमा लिने र नष्टगर्ने कार्य गरेको पनि अफगान सुरक्षा निकायले जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुलदेखि घटनास्थल ५५५ किलोमिटर दक्षिणतर्फ पर्ने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानको सुरक्षा फौजले लडाकू विरुद्धको सुरक्षा कारबाही देशभरी तिव्र बनाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed