Breaking News.... EverestOnlineKhabar
February 9, 2026

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसबाट भीम पराजुली….

Loading

विराटनगर,१ असार ।
विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसबाट भीम पराजुली उम्मेदवार हुने भएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले विराटनगर नगर समितिका सभापति पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । विराटनगर महानगरमा पराजुलीसहित सांसद अमृत अर्याल र नेतृ डिला संग्रौला दाबेदार थिए । एमालेले यसअघि नै विनोद ढकाललाई महानगरको मेयर उम्मेदवार बनाएको छ ।
पराजुली विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । विराटनगरमा संस्थापन समूह अर्यालको पक्षमा थियो भने शेखर कोइरालालगायतका कोइराला परिवारका नेताहरु पराजुलीको लविङमा थिए । कांग्रेसले विराटनगरसँगै तीन वटा प्रदेशको उम्मेदवारको टुंगो लगाएको छ । दुई नम्बर प्रदेशमा भने चुनाव हुने–नहुने अन्यौल कायमै रहेकाले बिहीबार बिहान ९ बजे बस्ने बैठकबाट छलफल हुनेछ । दोस्रो चरणको असार १४ गते हुने चुनावका लागि असार २ गते मनोनयन हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.