Breaking News.... EverestOnlineKhabar
March 12, 2026

पीत पत्रकारिता नगर्न मन्त्री केसीको आग्रह,आफुबिरुद्ध प्रकाशित समाचारको खण्डन

Loading

काठमाडौ,४ जेठ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एंव शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले टिकट दिँदा राम्रालाई भन्दा हाम्रालाई रोजेको कारण नुवाकोटमा नेपाली कांग्रेसका कार्यकर्ता निराश हुनुपरेको बताएका छन् । मन्त्री केसीले स्थानीय तह निर्वाचनको लागि उम्मेद्वार छनोट गर्दा विधि र प्रक्रिया नपुर्याइएको समेत टिप्पणी गरेका छन् । राजधानीवाट प्रकाशित एक पत्रिकाले ‘कांग्रेस हराउन केसीलाई सफलता’ शिर्षकमा समाचार प्रकाशित गरेपछि मन्त्री केसीको सचिवालयले विज्ञप्ती जारी गरेर उक्त आरोपको खण्डन समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ‘ कपोलकल्पित र
भ्रामक समाचारप्रति आपत्ति छ । सत्य,तथ्य र निष्पक्ष पत्रकारिता गर्न आग्रह गरिन्छ । पहुँचको आधारमा टिकट दिँदा नुवाकोटमा समस्या उत्पन्न भएको हो ।’ दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडा रहेको नुवाकोटमा अपेक्षाअनुसार परिणाम नआएको र एक पत्रिकाले‘कांग्रेस हराउन केसीलाई सफलता’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
पञ्चकन्या गाउँपालिका– २ मा कांग्रेस पराजित भएपछि नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । उक्त गाउँपालिका कांग्रेस नेताहरु डा.रामशरण महत र डा. प्रकाशशरण महतको जन्मथलो हो । केसीका स्वकीय सचिव निरञ्जन थापाले विज्ञप्ती निकालेर भनेका छन्ः‘उम्मेदवारीको टिकट दिन कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयद्वारा पार्टीका जिल्लास्थित क्षेत्रीय समितिहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो । तर नुवाकोटका दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडाको लागि उम्मेदवारी छनोट गर्दा विधि र प्रकृया नपु¥याइएको, एउटै वडामा उम्मेदवारीका आकांक्षी दर्जनौँ हुँदापनि जनाधार, लोकप्रियता र नेतृत्व कुशलताको मूल्यांकन हुन नसकेको, सक्रिय कार्यकर्ताहरूको सुझाव लिने कार्य नगरी जनाधार भएका, पार्टीमा इमानदारीपूर्वक निस्वार्थ योगदान पु¥याउँदै आएका निष्ठावान साथीहरूलाई उपेक्षा गरिएको लगायत कारणले सो वडामा कांग्रेस पराजित हुनुपरेको हो ।’
विज्ञप्तिमा भनिएको छ‘पार्टीका क्षेत्रीय सभापतिहरूले उम्मेद्वारी चयन गर्नका लागि आफ्नो क्षेत्रभित्रका गाउँपालिका र वडाका कार्यकर्ता साथीहरूसँग सरसल्लाह गर्ने, सक्रिय कार्यकर्ताहरूको सुझाब लिने कार्य नगरी जनाधार भएका, पार्टीमा इमानदारीपूर्वक निस्वार्थ योगदान पु¥याउँदै आएका निष्ठावान साथीहरूलाई उपेक्षा गर्ने काम भएको त छँदैथियो, जिल्ला कार्यसमितिलाई समेत कुनै जानकारी नै नदिई हरतरहले क्षेत्रीय सभापतिलाई प्रभाव पारेको आधारमा टिकट हत्याउने प्रवृत्तिले प्रश्रय पायो । त्यसमाथि अन्तिम समयमा पनि केन्द्रबाट सोझै उम्मेद्वार परिवर्तन गर्ने काम भयो । यसरी जिल्ला कार्यसमितिलाई चरम उपेक्षा गरी पार्टीका सारा कार्यकर्ताहरूलाई निरास बनाउँदै खेलवाडपूर्ण तरिकाले निहित स्वार्थमा लागेर उम्मेद्वार तय गर्दा प्रतिकूल परिणाम आउनु छँदैथियो, त्यसै भयो । फलस्वरुप काँग्रेस नेताद्वय डा. रामशरण महत र प्रकाशशरण महतकै पुख्र्यौली निवास रहेको साविक कबिलास गाविस वडा नं. २ मै नेपाली काँग्रेसले पराजय भोग्नुपर्यो । टिकट वितरणमा जेजस्तो धाँधली गरिएको भए पनि पार्टीको उम्मेद्वार भइसकेका साथीहरूलाई मा. सहरी विकास मन्त्री एवंं नेपाली काँग्रेसका नेता श्री अर्जुननरसिंह के।सी.ज्यूबाट र नुवाकोट जिल्ला कार्यसमितिबाट पनि हौसला, प्रेरणा र मतदाताहरूमा आवश्यक सबै सहयोग पु¥याइएको थियो । यस सम्बन्धमा विदुर नगरपालिका लगायत अन्य गाउँपालिकाका सम्पूर्ण उम्मेद्वारहरू स्वयं साक्षी हुनुहुन्छ । तर आफ्ना कमि, कमजोरी र बेइमानीको सारा दोष अन्यत्र पन्छाएर पानीमाथिको ओभानो हुन खोज्ने प्रवृत्तिबाट उक्त प्रपोगण्डा मच्चाइएको नुवाकोट जिल्लाका प्रत्येक काँग्रेसजनमा विदित छ । स्थानीय निर्वाचनमा प्राप्त परिणामको विषयमा नुवाकोट जिल्ला कार्यसमिति, सम्पूर्ण क्षेत्रीय समितिका सभापति तथा अन्य पदाधिकारी र सदस्यहरू, महासमितिका सदस्य, महाधिवेशन प्रतिनिधिहरू गाउँ इकाईका सभापति लगायत अन्य पदाधिकारी र सदस्यहरू, सक्रिय सदस्यहरूको वृहत समीक्षा भेला बोलाउनु पर्ने आवश्यकता छ । यसैबाट यथार्थ छर्लङ्ग हुनेछ ।
कसैको औजार बनेर नियोजित प्रपञ्चमा बदनियतपूर्वक सम्प्रेशित उक्त प्रपोगण्डा निराधार, कपोलकल्पितमात्र होइन घृणित पर्चाकारिता र पीत पत्रकारिताको नमूनाको रुपमा लिँदै सो प्रवृत्तिप्रति दुःख व्यक्त गर्दछौँ ।’
पार्टी पराजित भइसकेपछि आफूमाथि लक्षित गर्दै समाचार बनाइएकोमा केसीले दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.