Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नेपालबाटै कमायो बाहुबलीले १८ करोड

Loading

काठमाडौ,बैशाख ।
दश दिनमै विश्वभरबाट एक हजार करोड भारूको कीर्तिमानी कमाइ गरेको फिल्म बाहुबली–२ ले नेपालमा पनि दुई सातामै १८ करोड रूपैयाँ जुटाएको छ। यसअघि नेपाली फिल्म छक्का पञ्जाले पुग नपुग १६ करोड रूपैयाँ कमाएको थियो।
बाहुबली–२ ले नेपालबाट पहिलो सातमै १३ करोड रूपैयाँको कमाइ गरेको थियो, दोस्रो सातमा चुनावी माहौलले गर्दा मोफसलका सिंगलस्क्रिन हलमा दर्शक चाप कम हुँदा ५ करोड रूपैयाँ मात्र कमाइ भएको छ ।
एसएस राजामौलीद्वारा निर्देशित उक्त फिल्मलाई नेपालमा गोपिकृष्ण मुभिजले वितरणको जिम्मा लिएको थियो। फिल्म देशभरका १२५ पर्दामा सोलो प्रदर्शन पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed