![]()
काठमाडौ,२९ बैशाख ।
पहिलो चरणको निर्वाचनमा मौसमले साथ नदिने भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले ३१ वैशामा पूवी नेपाल र उपत्यका क्षेत्रमा वर्षा हुने अनुमान गरेका छ ।
त्यस दिन दिउँसो र बेलुका वर्षा हुने अनुमान छ ।‘वर्षाले निर्वाचनमा मतदातालाई असर गर्ने देखिन्छ । तर, मनसुनको समयजस्तो लामो अवधि नभएर छोटो अवधिको वर्षा हुने अनुमान छ ।’ महाशाखाका मौसमविज्ञ समीर श्रेष्ठले भने ।
विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशभरको मौसममा आंशिक बदली हुनेछ । मध्य र पूर्वी नेपालमा मेघ गर्जनसहित वर्षा हुने छ ।


