Breaking News.... EverestOnlineKhabar
February 8, 2026

उम्मेद्वारलाई निजी अंगरक्षक…..?

Loading

चितवन,२९ बैशाख ।
जिल्ला सुरक्षा समितिले यहाँका विभिन्न तहका उम्मेदवारलाई निजी सुरक्षाकमी(पीएसओ) उपलब्ध गराएको छ। निर्वाचनविरोधी समूहबाट हुनसक्ने सुरक्षा चुनौती मूल्यांकनपछि उनीहरूलाई सुरक्षाकर्मी उपलब्ध गराइएको हो।
केही दिनयता उम्मेदवारलाई धम्की, चन्दा असुली र पेट्रोल बम प्रहारका घटना भएपछि सुरक्षा समितिको निर्णयअनुसार निजी अंगरक्षक उपलब्ध गराइएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए।
खतरा (थ्रेट) भएका उम्मेदवारलाई मात्र निजी अंगरक्षक उपलब्ध गराइएको उनले जनाए। अन्य उम्मेदवारको सुरक्षामा पनि कुनै कसर बाँकी नराखिएको थापाको भनाइ छ।
सुरक्षा चुनौती देखिएपछि केही दिनअघि जिल्ला सुरक्षा समितिले अंगरक्षक उपलब्ध गराउने निर्णय गरी गृहमन्त्रालय पठाएको थियो। उम्मेदवारका घर वरपरका क्षेत्र र मुख्य बजारका चोकमा समेत सुरक्षाकर्मीले निगरानी बढाएका छन्। त्यसका लागि ३ हजार २ सय नेपाल प्रहरी र एक हजार २ सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न दलका २ हजार २ सय १० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहीबार बिहानसम्म २३ जनालाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.