Breaking News.... EverestOnlineKhabar
February 8, 2026

चुनावको लागि उपत्यकाबाट आठ दिनमा २८ हजार बाहिरिए…..

Loading

काठमाडौ,२९ बैशाख ।
स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ ।
ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए ।
शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए । ‘१९ वैशाखमा उपत्यकामा ३७५८ सवारी आएका थिए भने ३६५२ गएका थिए । त्यस्तै, २१ गते ८९२६ सवारीसाधन आएका छन् भने ९२९९ गएका छन् ।
अहिलेसम्म तीन हजारभन्दा बढी सवारीसाधन उपत्यकाबाहिर
आठ दिनमा तीन हजारभन्दा बढी सवारीसाधन बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न नाका हुँदै सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरीका अनुसार २१ देखि २८ वैशाखसम्म क्रमशः ३६३, ४९८, ८७, २३७, ७०८, ३१७, ४५५ र पाँच सयभन्दा बढी सवारीसाधन बाहिरिएका छन् ।
भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको संख्या बढी छ ।
सबैभन्दा बढी नागढुंगा, त्यसपछि भक्तपुर–साँगा र फर्पिङ नाकाबाट सवारीसाधन बाहिरिएका छन् । पहिलो चरणको स्थानीय तहको चुनाव प्रदेश नम्बर ३, ४ र ६ को ३४ वटा जिल्लामा हुँदै छ । ३४ जिल्लामा करिब ५० लाख हाराहारीमा मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.