Breaking News.... EverestOnlineKhabar
April 18, 2026

आर्इजीपी नियुक्तिमा समितिले बुझायो योग्यताक्रम सिफारिस प्रतिवेदन

Loading

काठमाडौ,१४ बैशाख ।
आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ। कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा वैशाख १९ गते हुने सुनुवाइका लागि सर्वोच्चमा पेस गरिनेछ।
आईजीपीका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चको बृहत् पूर्ण इजलासबाट भएको आदेश ध्यानमा राखी प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदन तयार पार्न महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, कानुनसचिव कमलशाली घिमिरे र निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल समावेश समितिले सिलवालसहित चार डीआईजीले चार वर्षमा पाएको अंकसहित योग्यताक्रम कायम गर्दै प्रतिवेदन बुझाएको हो ।
प्राप्त प्रतिवेदनअनुसार आईजीपी नियुक्त प्रकाश अर्यालको कार्यसम्पादनको कुल अंक र औसत दुवै अंक उच्च देखिएको छ । सर्वोच्चको बृहत् इजलासले चार वर्षको मूल्यांकन गरी कार्यसम्पादनतर्फ औसतमा उच्च अंक पाउने डीआईजीलाई आईजीपी नियुक्त गर्न चैत ८ गते सरकारलाई परमादेश दिएको थियो । यसबारे अध्ययन एवं मूल्यांकनका लागि मन्त्रिपरिषद्को चैत २८ को निर्णयअनुरूप उच्चस्तरीय समिति गठन भएको थियो।
समितिले डीआईजीमध्ये सिलवाल, अर्याल (हाल आईजीपी), जयबहादुर चन्द र बमबहादुर भण्डारीको कासमूमा प्राप्त कुल अंकसहितको औसत अंक गणना गरी योग्यताक्रम तोकेको छ । कार्यसम्पादनसहित समग्र मूल्यांकनलाई १५० पूर्णांक कायम गरी कासमूको पूर्णांक ४० मा रूपान्तरित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed