Breaking News.... EverestOnlineKhabar
April 10, 2026

राजपाले गर्यो नाममा केहि परिर्वतन, दल दर्ताका लागि आयोगमा निवेदन

Loading

काठमाडौ,१४ बैशाख ।
मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर, नेताहरुले पहिलो चरणको स्थानीय चुनावमा भाग नलिने सम्भावना रहेको बताएका छन् । राजपाका नेताहरुले ६ पार्टीबीच एकता भएको र राष्ट्रिय जनता पार्टी नेपालका नाममा एकीकृत भएको औपचारिक रुपमा आयोगलाई जानकारी गराएका हुन् । मधेसी मोर्चामा आवद्ध ६ दलले पार्टी एकता घोषणा गर्दा पार्टीको नाम‘राष्ट्रिय जनता पार्टी’ नाम राखिएको थियो । तर, यो नाममा यसअघि नै दल दर्ता भइसकेको पाइएपछि नेपाल थपेर दल दर्ताको आवेदन दिइएको छ ।
तर, निर्वाचन आयोगले राजपालाई तत्काल छाता चुनाव चिन्ह दिन नसकिने बताइसकेको छ । आयोगले राजपा नेपाललाई एकता प्रक्रियामा रहेको दलहरु मध्ये कुनै एकको चुनाव चिहृन लिन सक्ने विकल्प दिएको थियो । राजपा नेपालले भने एकतामा आवद्ध ६ दल मध्ये कुनको चुनाव चिहृन लिने पनि जानकारी गराएको छैन । साथै उम्मेदवारको मनोनयनको औपचारिकता प्रदान गर्ने पदाधिकारीको नाम, पद र हस्ताक्षरको नमुना बुझाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed