Breaking News.... EverestOnlineKhabar
May 1, 2026

‘भारतमा माओवादी हमलामा २४ प्रहरीको मृत्यु’

Loading

भारतको छत्तीसगढ राज्यमा संदिग्ध माओवादी विद्रोहीले सोमबार गरेको एउटा आक्रमणमा कम्तीमा २४ जना प्रहरीको ज्यान गएको छ।
केही दशक पूरा गरिसकेको माओवादी विद्रोहका क्रममा यस वर्ष गरिएको यो सबैभन्दा हिंसात्मक आक्रमण भएको बताइएको छ।
पूर्वदेखि दक्षिणसम्म भारतको ठूलो भूभागमा माओवादी विद्रोहीको पकड फैलिएको छ।
माओवादी विद्रोहीले छत्तीगढ राज्यको सुकमा जिल्लामा हमला गरेका थिए।
पकड
सो क्षेत्रमा माओवादीको बलियो पकड रहेको बताइन्छ।
सोमबारको आक्रमणमा अन्य ६ जना घाइते भएको अधिकारीहरुले बताएका छन्।
मारिनेहरु केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवान थिए।
घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नजिकैको अस्पताल पुर्याइएको थियो।
घटनापछि छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले आपतकालीन बैठक डाकेका छन्।
प्रहरीका अनुसार आक्रमणका बेला चिन्तागुफाको बुर्कापाल क्षेत्रमा सीआरपीएफका जवानहरुले गस्ती गरिरहेका थिए।
संघर्ष
सो क्षेत्रमा एउटा सडक निर्माण गरिरहेका कामदारहरुलाई सीआरपीएफले सुरक्षा दिंदै आएको छ।
आक्रमणपछि माओवादी विद्रोहीले मारिएका जवानका हातहतियार पनि लगेको बताइएको छ।
एउटा रिपोर्टका अनुसार केही घण्टासम्म चलेको सो आक्रमणमा सयौं माओवादी लडाकु सामेल थिए।
आक्रमणकारीहरुको खोजीका लागि घटनास्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।
माओवादी विद्रोहीले भारतमा कम्युनिष्ट शासन स्थापनार्थ र आदिवासी जनजातिहरुको बृहत्तर अधिकारका निम्ति संघर्ष गरिरहेको बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed