Breaking News.... EverestOnlineKhabar
April 28, 2026

पञ्जाबलाई पराजित गर्दै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा

Loading

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न म्याचमा मुम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गर्दै पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । १ सय ९९ रनको लक्ष्य मुम्बईले २७ बल खेल्न बाँकी छँदै पुरा गरेको हो ।

मुम्बईको जितमा जोस बटलर र नितिश राणा नायक बने । बटलरले ३७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ७७ रन बनाए । त्यस्तै अर्का प्रारम्भिक ब्याट्सम्यान पार्थिव पटेलले १८ बलमा ३७ रन बनाए ।

त्यस्तै २९ बलमा अर्द्धशतक पुरा गरेका नितिश राणाले ३४ बलमा ६२ रन बनाउँदै जित दिलाए । राणाले ६२ रन बटुल्ने क्रममा एउटा पनि चौका प्रहार गरेनन् । बरु उनले सात छक्का प्रहार गर्दै आफ्नो पारीलाई विस्फोटक तुल्याए ।

त्यसअघि पञ्जावका ब्याट्सम्यानले पनि विस्फोटक ब्याटिङ गर्दै उच्च योगफल बनाएका थिए । हासिम आमलाले ६० बलमा एक सय ४ रनको शानदार पारी खेले भने कप्तान म्याक्सवेलले १८ बल मै ४० रन बनाए । तर पञ्जावका बलरहरुले फितलो प्रदर्शन गर्दा मुम्बईले फराकिलो जित हात पारेको हो ।

यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मुम्बईले ६ खेलबाट पाँच जितका साथ १० अंक बटुलेर शीर्षस्थान कब्जा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed