Breaking News.... EverestOnlineKhabar
February 7, 2026

राष्ट्रपति भण्डारीसमक्ष मोदीले गरे यस्तो प्रतिबद्धता

Loading

 भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार साँझ भेट गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रपति भवनमा भएको सो भेटमा प्रधानमन्त्री मोदीले नेपालको विकासका क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा आफूहरु उत्सुक रहेको उल्लेख गर्दै नेपालमा दुई देशबीचका विकास परियोजना, भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी सहयोग र अन्य परियोजना अघि बढून् भन्नेसमेत चाहना राखेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले भारतको विकासको गतिबाट सिक्न आवश्यक रहेको जनाउँदै नेपालको लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने जनताको चाहनालाई सम्बोधन गर्न नेपाल सरकारले संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको तयारीका कामलाई अघि बढाएको स्मरण गराएकी थिइन् ।

मुद्रा सटहीमा सहजीकरण गर्न तयार
राष्ट्रपति भण्डारीसँग मंगलबारै भेट गरेका भारतीय अर्थमन्त्री अरुण जेट्लीले प्रतिबन्धित रु पाँच सयको भारतीय मुद्रा सटहीका सम्बन्धमा नेपालभित्र देखिएका समस्यालाई सरलीकृत गर्न आफू सकारात्मक रहेको बताए ।

राष्ट्रपति भण्डारी मंगलबारै राति आफ्नो सम्मानमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.