Breaking News.... EverestOnlineKhabar
April 30, 2026

दुई चरणमा निर्वाचन गर्ने सरकारको प्रस्तावःनिर्वाचन आयोग असन्तुष्ट

Loading

काठमाडौ,२३ चैत ।
संविधान र निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई मनाउन सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयरी गरेको छ । स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने छलफल अघि बढाएका छन् । तर प्रधानमन्त्रीको उक्त छलफलप्रति निर्वाचन आयोगले भने असन्तुष्टि जनाएको छ ।
मतपत छपाइ कमामसमेत अन्तिम चरणमा पुगिसकेका बेला एकाएक प्रधानमन्त्रीबाट दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव आएपछि आयोग असन्तुष्ट बनेको हो । आयोग पदाधिकारीले दुई चरणमा गर्ने वा सार्ने प्रस्ताव आए चुनाव गर्नै नसकिने निष्कर्ष निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed