Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

ललितपुर,३ असोज ।
साझा प्रकाशनको सन्चालक समितिको सदस्यबाट सोमबार तीनजनाले राजीनामा दिएका छन् । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा। डा। कृष्णहरि बरालले सोमबार विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएका हुन् । उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिरहनु उपयुक्त नठानेकाले राजीनामा दिइएको बताएका छन् ।
तीनैजनाले शिक्षा मन्त्रालयमा गत साउन ९ गते राजीनामा बुझाएपनि मन्त्रालयबाट स्वीकृत नभएपछि सोमबार आफैं राजीनामा दिएका हुन् । शर्मा र नेपाललाई शिक्षा मन्त्रालयले २०७२ साल असार २४ र प्रा. डा. बराललाई साउन १० गते तीन वर्षका लागि साझा प्रकाशनको सन्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed