Breaking News.... EverestOnlineKhabar
June 7, 2026

पारस खड्काको नेतृत्वमा हङकङसंग खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा

Loading

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि कप्तान पारस खड्काको नेतृत्वमा नेपाली टिमको घोषणा भएको छ । घोषणा गरिएको टिममा १४ सदस्य रहेका छन । ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ ।

हङकङसँगको खेलका टोलीमा पर्ने खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागर पुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् । त्यस्तै सुशील कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा छन । वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र मेहबुब आलम रहेका छन् ।

नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौ चरणको खेल अन्तर्गत हङकङसँग उसैको घरेलु मैदानमा आगामी अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ ।

हङकङसँगको खेलको तयारी गर्न नेपाली टोली हाल भारतको चेन्नईमा छ । च्याम्पियनसिपमा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हँुदै ८ अंक जोडेको छ । च्याम्पियनसिपमा हङकङ चौथो स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रोमा स्कटल्याण्ड रहेका छन् ।

नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्ने हुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed