![]()
बिबिसि । यस पटकको संयुक्त राष्ट्रसंघको महासभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । उनी सहभागी नहुने कारणबारे भने केही खुलाइएको छैन । पछिल्लो समय शक्ति राष्ट्रबीच बढ्दै गएको तनावका कारण पुटिनले महासभामा सहभागी नहुने निर्णय गरेको हुनसक्ने आंकलन गरिएको छ ।
पुटिनका अमेरिकी समकक्षी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सभामा सहभागी हुनेछन । यस पटक राष्ट्रसंघको ७२ औं महासभाको मुख्य आकर्षण अमेरिकी राष्ट्रपति ट्रम्प हुने अनुमान गरिएको छ ।
उत्तर कोरियाले बारम्बार गरिरहेको आणविक परीक्षण र त्यसको जवाफमा अमेरिकी राष्ट्रपतिले दिने जवाफ वा राष्ट्रसंघले नै यस विषयमा अख्तियार गर्ने रणनीतिलाई मुख्य आकर्षणका रुपमा हेरिएको छ ।
राष्ट्रसंघको ७२ औँ महासभा यसैहप्ता सुरु हँुदैछ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको थियो । दुवै नेताहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुगिसकेका छन ।


