Breaking News.... EverestOnlineKhabar
June 7, 2026

पूर्वप्रधानमन्त्री नवाज शरिफकी पत्नी भारी मतले विजयी

Loading

लाहोर,२ असोज ।
पाकिस्तानको लाहोरमा भएको उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नी कुलसुम नवाज विजयी भएकी छिन् ।
अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती कुलसुम भारी मतले विजयी भएकी हुन् ।
मतगणनामा कुलसूम नवाजले आफ्ना निकटतम् प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी हुन् । उनले ६१ हजार २ सय ५४ मत प्राप्त गरेर विजयी भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए । उनको राजीनामापछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो ।
उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि पाकिस्तानी सत्तारुढ दल पीएमएलएनले पूर्वप्रधानमन्त्री शरिफलाई राजनीतिक षड्यन्त्रको शिकार बनाएको कुरा जनमतबाट पुष्टि भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed