Breaking News.... EverestOnlineKhabar
June 7, 2026

म्यानमारका सेना प्रमुखको आरोपः रोहिंग्या अतिवादी हुन्,आफ्नै कारणले समस्या निम्त्याए

Loading

एजेन्सी,२ असोज ।
म्यानमारको सेनाका उच्च अधिकारीले रोहिंग्याकै कारण अहिलेको समस्या आएको आरोप लगाएका छन् । पछिल्लो पटक भड्किएको द्वन्द्वका कारण म्यानमारका हजारौं रोहिंग्या मुसलमान विस्थापित भइरहेको अवस्थामा म्यानमारको सेनाका उच्च अधिकारीले उनीहरुकै कारण समस्या उत्पन्न भएको आरोप लगाएका हुन् ।
म्यान्मारको सेनाका जनरल मिन आङ हलांगले रोहिंग्या कहिल्यै पनि जातिय समूह नरहेको टिप्पणी गरे । हलांगले रोहिंग्या अतिवादी रहेको र रखाइन राज्यमा आफ्नो पकड स्थापित गर्न खोजेको आरोप लगाए ।
झण्डै एकमहिनादेखि म्यानमारको उत्तरी रखाइन राज्यमा बुद्धिस्ट र रोहिंग्या मुसलमानबिच हिंसा भड्किँदा झण्डै तीनलाखको हाराहारीमा रोहिंग्या मुसलमान बंगलादेशमा विस्थापित भएका छन् ।
सेनाले रोहिंग्या मुलसमानमाथि ज्यादति गरेको आरोप लागेको छ । तर जनरल मिनले भने रोहिंग्याकै कारण समस्या उत्पन्न भएको बताएका हुन् । संयुक्त राष्ट्रसंघले रोहिंग्यामाथि भइरहेको ज्यादतिप्रति ध्यानाकर्षण भएको जनाउँदै नेत्री आङ साङ–सुकीलाई समस्या समाधान गर्न अन्तिम मौका रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed