Breaking News.... EverestOnlineKhabar
June 7, 2026

रोनाल्डोबिना नै रियल मड्रिडको प्रभावशाली जितः रोड्रिग्वेजले गरे गोल र आत्मघाती गोल पनि

Loading

मड्रिड,२ असोज ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गतआइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा साबिक विजेता रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले हराएको हो । रियलको जितमा बोर्जा मायोरल र ग्यारेथ बेलले गोल गरे ।
यस्तै रियल सोसिडाडका केविन रोड्रिग्वेजले एउटा आत्मघाती गोल गरे । रियल सोसिडाडका लागि रोड्रिग्वेजले नै गोल गरे । १९ औं मिनेटमा मायोरलको गोलबाट रियल मड्रिडले अग्रता लियो । २८ औं मिनेटमा रोड्रिग्वेजले रियल सोसिडाडका लागि बराबरी गोल फर्काए ।
तर ३६ औं मिनेटमा उनैले आत्मघाती गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफमा २–१ ले अघि रहेको रियल मड्रिडका लागि ६१ औं मिनेटमा बेलले गोल गर्दै ३–१ को जित दिलाए । यो खेलमा रियल मड्रिड रोनाल्डो बिना खेलेको थियो ।
रियल मड्रिडको जितसँगै रियल सोसिडाडको लगातार तीन खेलको विजयी यात्रा टुंगिएको छ । चार खेलबाट ८ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । ९ अंकसहित रियल सोसिडाड तेस्रो स्थानमा छ । राति नै भएको खेलमा गिरोनालाई १–० ले हराएको सेभिल्ला चार खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । राति नै भएका खेलमा भिल्लारियलले एलाभेसलाई ३–० तथ लास पालमसले एथ्लेटिको बिल्बाओलाई १–० ले हराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed