Breaking News.... EverestOnlineKhabar
June 7, 2026

भ्रष्टाचारको अभियोग खेपिरहेका चुडामणि शर्माको घरमा बम विस्फोट

Loading

काठमाडौ,२ असोज ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ । बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ ।विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रभागका प्रहरी नायब निरीक्षक सुमन बानियाँले जानकारी दिएका छन् ।
घटनास्थलमा विजुलीको तारलगायत र अन्य केही वस्तु फेला परेको प्रहरीको भनाई छ । शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । घटनामा बारे प्रहरीले विस्तृत जानकारी दिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed