Breaking News.... EverestOnlineKhabar
June 6, 2026

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा मतदाताको उत्साहजनक सहभागी

Loading

राजविराज,२ असोज ।
प्रदेश नम्बर २ का ८ वटा जिल्लामा स्थानीय तहको चुनावका लागि मतदान भईरहेको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । बेलुकी ५ बजेसम्म मतदान केन्द्रमा पुग्ने मतदाताले मतदान गर्न पाउने छन् । अघिल्ला दिनहरुको तुलनामा सोमबार मौसम शीतल छ । राति पानी परेका कारण देशका अरु ठाउँमा जस्तै चुनाव हुने जिल्लामा पनि गर्मी कम भएको छ । यसकारण मतदातालाई लाइनमा उभिएर मत दिन निकै सजिलो भएको छ । मतदाता बिहानैदेखि लाइनमा उभिएका छन् । महिला, बृद्धबृद्धा र अशक्तहरु पनि उत्साहका साथ मतदान गर्दैछन् ।
निर्वाचन आयोगले फोटोसहितको परिचयपत्र लिन छुटेका वा लिएको परिचयपत्र हराएका वा च्यातिएका तर मतदाता सूचिमा नाम भएकालाई नागरिकता, यसअघि आयोगले जारी गरेको आधिकारिक कागज सवारी चालक अनुमतिपत्रलगायत काजागतका आधारमा मतदान गर्न दिने जनाएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका दुई हजार एक सय ६६ मतदानस्थलमा तीन हजार पाँच सय ७८ मतदान केन्द्र छन् । त्यस्तै मतदानमा सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय जना कर्मचारी परिचालन गरिएको छ ।
आयोगले चुनावको पर्यवेक्षणका लागि ४४ वटा संस्थाका दुई हजार एक सयभन्दा बढी पर्यवेक्षकलाई अनुमति दिएको जनाएको छ । आठ जिल्लामा ६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ३७ र पुरुष २२ हजार ८ सय ६१ जना रहेका छन् ।
चुनावमा ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । २ नम्बर प्रदेशमा २६ लाख ६४ हजारभन्दा धेरै मतदाता छन् । आयोगले मतदानलाई उत्सवका रुपमा लिँदै एक दिन राष्ट्रका लागि समय दिएर योग्य उम्मेदवारलाई जिताउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed