Breaking News.... EverestOnlineKhabar
June 6, 2026

दुई नम्बर प्रदेशमा पैसाको खोलो देखेपछि कांग्रेस नेता पौडेलले भने,–‘ यही अवस्था रहे लोकतन्त्र रहन्न । ’

Loading

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई नम्बर प्रदेशमा निर्वाचनका नाममा उम्मेदवारले पैसाको खोलो बगाएको देखेपछि निराश भएका छन । भर्खरै प्रदेश नम्बर दुईको भ्रमण सकेर काठमाडौं फर्किएका नेता पौडेलले भने, ‘ एउटा नगरपालिकाको मेयर लड्नलाई कम्तिमा एक करोड खर्च भैरहेको छ,’ पौडेलले भने, ‘यो अवस्थाले राजनीति गरेकाहरू पाखा लाग्ने, गुण्डा, व्यापारी र माफियाहरूले टिकेट पाउने अवस्था पैदा भएको छ ।’ यही अवस्था कायम रहे देश चाँडै माफियाको हातमा जाने र लोकतन्त्र पनि नरहने उनले बताए ।

सुशील कोइराला सोसलिस्ट युथ सर्कल’को काठमाडौंमा उद्घाटन गर्नेक्रममा नेता पौडेलले राजनीति आदर्श र विचारभन्दा पनि पैसा र पावरबाट निर्देशित हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उनले भने, ‘यस्तो समयमा राजनीतिलाई निष्ठा विचार र आदर्शमा हिँडाउन सकिएन भने न त राजनीति सम्मानित बन्न सक्छ न त लोकतन्त्रलाई नै जोगाउन सकिन्छ ।’

कार्यक्रममा कांग्रेस नेता रामशरण महतले पनि प्रदेश नम्बर दुईको अवस्था हेर्दा राजनीति गर्ने मान्छेहरू पाखा लाग्ने अवस्था देखेको धारणा राखे । एउटा गाउँपालिकाको चुनाव लड्न चार कठ्ठा जमिन बेचेर पनि नपुग्ने अवस्था आएको उनले भने । उनले युवाहरूलाई खादा माला र मायाको चिनो जस्ता खर्च हुने काम पनि बन्द गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed