Breaking News.... EverestOnlineKhabar
June 6, 2026

मंसिरको निर्वाचनपछि एमालेको सरकार : पूर्वप्रधानमन्त्री खनाल

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ ।

नेपाल पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ को काठमाडौंमा आयोजित क्षेत्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले तीन तहकै निर्वाचन (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा ) मा एमाले पहिलो हुने निश्चित भएकाले सरकार पनि एमालेकै नेतृत्वमा बन्ने दावी गर्नुभयो । एमालेले सरकारको रथ हाँकेपछि पर्यटन क्षेत्रमा सुधारका काम गरी मुलुकलाई समृद्धिको मार्गमा लैजाने उहाँले बताउनुभयो ।

कार्यक्रममा खनालले भन्नुभयो,‘ पर्यटनको प्रचुर सम्भावना भएपनि मुलुकको समग्र विकासमा पर्यटनले ३ प्रतिशत पनि योगदान दिन सकेको छैन । हाम्रो देशको अर्थतन्त्र पर्यटनमा आधारित भएपनि यसलाई प्रमुख आम्दानीको श्रोत बनाउन सकिएको छैन, अब एमालेले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गर्छ । ’

नेपालका लोभलाग्दा हिमशृखंला, आकर्षक पहाड र तराईंको सुन्दर भूमी पर्यटक आकर्षित गर्ने मुख्य श्रोत भएको उहाँले बताउनुभयो । संसारकै यति राम्रो भूभाग भएर पनि पर्यटन क्षेत्रमा न्यून काम भएकोमा उहाँले दुःख प्रकट गर्नुभयो ।

‘‘परिवर्तित  परिस्थितिमा शैक्षिक क्रान्ति अनिवार्य’
आइतबार नै काठमाडौंमा आयोजित एक अर्को कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले परिवर्तित परिस्थितिमा शैक्षिक क्रान्ति अनिवार्य भएको बिचार व्यक्त गर्नुभयो ।

अस्कल क्याम्पसका संस्थापक अमृत प्रधानको स्मृतिमा आयोजित ‘अमृति प्रधान स्मृति कप फुटबल प्रतियोगिता २०७४’ का बिजेता र उपबिजेतलाई पुरस्कार बितरण गर्दै उहाँले संविधान कार्यान्वयन प्रक्रियासंगै राजनीतिले नयाँ उचाई पाएजस्तै शैक्षिक क्षेत्रलाई पनि नयाँ उचाईमा लैजानुपर्ने धारणा राख्नुभयो । खनालले भन्नुभयो, ‘परिवर्तित परिस्थितिमा शैक्षिक क्रान्ति अनिवार्य छ । ’

आफूले पनि अस्कल क्याम्पसबाट आइ एससी र बि एससीको अध्ययन पूरा गरेको स्मरण गर्दै नेता खनालले शैक्षिक विकासमा अस्कल क्याम्पसले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । खनालले भन्नुभयो, ‘ हाम्रो पालामा बिद्यार्थी अनुशासित थिए, शिक्षकहरु पनि जिम्मेवार थिए, त्यो बेलाका बिद्यार्थी अहिले देशका महत्वपूर्ण स्थानमा छन, अस्कल क्याम्पसको व्यवस्थापनले त्यो विगत सम्झदै काम गर्नुपर्छ । जसरी हिजो नमूना कलेजका रुपमा चिनिएको थियो, त्यो मर्यादा र गरिमालाई कायमै राख्न सक्नु पर्दछ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed