Breaking News.... EverestOnlineKhabar
June 6, 2026

प्रधानमन्त्री देउवा अशोज ३ गते अमेरिका जाने, यस्तो छ कार्यक्रम तालिका

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिन यही असोज ३ गते अमेरिका जाँदै हुनुहुन्छ । उहाँ २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै संयुक्तराज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लाग्नु भएको हो ।
‘जनतामा केन्द्रीत : दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि सुरु हुँदैछ ।

यस्तो छ कार्यक्रम

  • प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने ।
  • प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने ।
  • प्रधानमन्त्री देउवाले सेप्टेम्बर २२ मा इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्ने ।
  • २२ सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्रसंघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत् समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्ने ।
  • प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने ।
  • प्रधानमन्त्री देउवाले सेप्टेम्बर २३ मै राष्ट्रसंघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्ने ।
  • न्यूयोर्कका नेपालका महावाणिज्यदूतले २३ सेप्टेम्बरमा नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममासमेत सहभागी हुने
  • २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्ने । त्यहाँ खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरुको संरक्षणकाबारेमा निर्देशन दिने ।
  • प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमन्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed