![]()
उदयपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमापर्ने सुनकोशी दूधकोशी पुलको शिलन्यास गर्नुभएको छ ।
शनिवार विशेष समारोहकाबीच पुलको शिलन्यास गर्दै प्रधानमन्त्री देउवाले पुल निर्माणबाट खोटाङ, उदयपुरको विकासको ढोका खोलिएको धारणा राख्नुभयो । उहाँले पूर्वी पहाडी क्षेत्रमा यातायातको विकास र अन्य आर्थिक विकासलाई समेत उक्त पुलले भविष्यमा ठूलो टेवा पु¥याउने बिचार व्यक्त गर्नुभयो ।
पुलको लम्बाइ २०० मिटर रहेको छ भने चौडाइ साढे दश मिटर रहेको छ । राष्ट्रिय योजना आयोगको रु २२ करोड २५ लाखको लागतमा पुल निर्माण हुनेछ । रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाँैले पुलको निर्माण गर्नेछ ।
२०७६ साल चैतमा पुलको निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।


