![]()
बिबिसि । उत्तर कोरियाले अमेरिकामाथि हाइड्रोजन बम खसाल्ने चेतावनी दिएको छ । ताजा मिसाइल परीक्षणपछि युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हमलाको प्रकृति हेरेर उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको बताएका हुन ।
यति मात्र होइन उनले उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको चेतावनी दिएका छन् । एलेग्जेन्ड्रो काओ डि बेनो उत्तर कोरियाली नेता किम जोंगका सबैभन्दा नजिकका व्यक्ति मध्येका एक मानिन्छन् ।
परमाणु परीक्षणपछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानको भूभागहुँदै अर्को एक मिसाइल प्रक्षेपण गरेपछि तनावमा थप वृद्धि भएको छ ।
एलेग्जेन्ड्रो काओ डि बेनोले बीबीसीलाई भने, ‘अमेरिकाका सबै वैज्ञानिकलाई थाहा भयो होला कि हामीले जुन मिसाइल प्रक्षेपण गरेका छौं त्यो कम उचाईका बाबजूद लामो यात्रा तय गर्न सक्छ । यसबाट हामी चार हजार किलोमिटरसम्म पठाउन सक्छौं । अर्थात् अब हामी अमेरिकाको लगभग कुनै पनि शहरसम्म पुग्न सक्छौं ।’

उनले भने, ‘यसका साथै हामीले विभिन्न परमाणु परीक्षण पनि गर्यौं । यसले हाम्रो परमाणु क्षमता देखाउँछ । संसारलाई अब हाम्रो प्रविधि र वैज्ञानिक क्षमताबारे थाहा भएको छ ।’
काउ डि बेनोले भने, ‘डोनल्ड ट्रम्पलाई थाहा भइसकेको छ कि उनको खेल समाप्त भइसकेको छ तर संसारको अगाडि टेलिभिजनमा आफ्नो शक्ति प्रदर्शन गर्दै यो ढोंग गर्दछन् कि उनी अमेरिकालाई पुनः महान बनाउन प्रयास गरिरहेका छन् ।’
उत्तर कोरियाको परमाणु कार्यक्रमको विषयमा अमेरिका लगातार चेतावती दिइरहेको छ । यद्यपी, उत्तर कोरियामाथि यसको कुनै असर देखिएको छैन । यसैबिच, संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले यदि कडा आर्थिक प्रतिबन्धले काम नगरे वासिङ्टनसँग सैन्य कारवाहीको अन्य विकल्प पनि रहेको बताएकी छिन् ।


