Breaking News.... EverestOnlineKhabar
June 6, 2026

मलेशियालाई १० विकेटले हराउँदै नेपाल एशिया कप क्रिकेटमा छनौट, इस्टर्न रिजनल प्रतियोगिताको फाईनलमा हङकङसंग भिडने

Loading

एजेन्सी । नेपाल, एसीसी अण्डर १९ एसिया कप क्रिकेटका लागि छनोट भएको छ । इस्टर्न रिजनल प्रतियोगिताको फाईनल प्रवेश गरेसँगै नेपालले आगामी वर्ष हुने उमेर समुहको एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इस्टर्न रिजनल च्याम्पियनसिपको सेमिफाईनलमा नेपालले शनिवार मलेसियालाई १० विकेटले पराजित गर्न सफल भयो । नेपालका ओपनर सन्दिप सुनार र आसिफ शेखले शानदार अर्धसतकीय पारी खेलेपछि नेपालले मलेशियामाथि फराकिलो जित दर्ता गरेको हो ।
नेपालले १ सय २२ रनको सामान्य लक्ष्य २३ दशमलव ४ ओभरमा बिना क्षति पूरा गरेको थियो । ओपनर सन्दिपले नटआउट ५१ र आसिफले नटआउट ५० रन बनाए ।

यसअघि नेपालले टस जितेर पहिलले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसिया ४२ ओभरमा १ सय २१ रनमा अलआउट भएको थियो । नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएपछि मलेशियाको पारी ध्वस्त भएको थियो । नेपालपका पवन सर्राफले २ तथा रोहित कुमार पौडेल, शाहब आलम र सन्दिप लामिछानेले १–१ विकेट लिए । नेपालले अब इस्टर्न रिजनल प्रतियोगिताको उपाधिका लागि हङकङको सामना गर्नेछ ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुइ टोली एशिया कप क्रिकेटमा छानिने भएकाले हङकङपनि त्यसका लागि छनौट भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed