![]()
एजेन्सी,३० भदौ ।
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडिएको हो । दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टि गरेका छन् ।
जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचाइ र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
मिसाइल जापानको होकाइदो द्वीपलाई नाघेर गएको थियो । दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप तथा कडा नाकाबन्दी लगाएपछि जवाफमा यो परीक्षण गरेको बताइएको छ ।


