Breaking News.... EverestOnlineKhabar
June 6, 2026

आईएसको आक्रमणमा परि ६० जनाको मृत्यु, ९० जना घाइते

Loading

बग्दाद,३० भदौ ।
दक्षिणी इराकमा अतिवादी इस्लामिक संगठन आईएसले गराएको दुई आक्रमणमा ६० जना मारिएका छन् । आक्रमणमा करिब दुई सय मानिस घाइते भएका छन् । धिक्वार प्रान्तको राजधानी नासीरियाको एक रेष्टुराँमा आत्मघाती आक्रमणकारीले आफैंलाई विष्फोट गराएका थिए भने अरु बन्दूकधारीले गोली प्रहार गरेका थिए ।
आक्रमणकारीले सेनाको चोरेको गाडी प्रयोग गरेका थिए । भीडभाडयुक्त उक्त रेष्टुराँमा विष्फोटक पेटी बाँधेका आत्मघातीले आफैंलाई उडाएका थिए भने अरु आक्रमणकारीले ग्रिनेड र गोली प्रहार गरेका थिए ।
यसैको केही समयपछि एक सुरक्षा चेक पोष्टमा विष्फोट गराउँदा एक कार ध्वस्त भयो । मारिनेमा सात जना इरानी नागरिकसमेत परेका छन् । हमलामा ९० जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed