Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

थवाङ,३० भदौ ।
रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ २ स्थित ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए ।
वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् । शनिबार आयोजित थवाङमा गाउँसभा उद्घाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले, कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा लगायत दलको गठबन्धनलाई पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed