Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

बर्दिया । बर्दियामा दुर्लभ मानिएको पाटे बाघ देखिएको छ । जंगल सफारीकाक्रममा पाटे बाघ देखिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । दिउँसै पाटेबाघ देखिन थालेपछि बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको संख्या बढ्दो छ ।

सरकारले सन् २०२२ सम्म बाघको संख्या २ सय ५० भन्दा बढी पुर्याउने संकल्प लिएकाबेला पाटे बाघ देखिएपछि बन मन्त्रालयका कर्मचारी खुशी भएका छन । सरकारले आगामी वर्ष देशैभर बाघको वैज्ञानिक गणना गर्ने जनाएको छ । पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जसहित आसपासका जिल्लामा बाघ गणना गरिनेछ ।

निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम भएकाले निकै सहज रूपमा बाघ देखिन थालेका हुन् ।

तस्बिर : रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed