Breaking News.... EverestOnlineKhabar
June 6, 2026

मनकामना केवुलकार नियमित मर्मतका लागि दुई दिन बन्द

Loading

चितवन । नेपालकै पहिलो मनकामना केवुलकार नियमित मर्मतका लागि दुई दिन बन्द गरिएको छ । केवलकारको नियमित मर्मत र सुधारका लागि भदौ २८ र २९ गते सेवा बन्द गरिएको सञ्चालक मनकामना दर्शन प्रालीले जनाएको छ ।

भदौ ३० गतेबाट यथावत सेवा सञ्चालनमा आउने प्रालिले जनाएको छ । बर्षमा ३ पटक केवलकार बन्द नै गरेर मर्मत सुधार गर्ने गरिएको छ । हरेक बर्ष भदौं अन्तिम साता, पौष महिनामा र चैत महिनामा मर्मत गर्ने गरिएको छ ।

केबल कार चढ्ने नेपालीलाई एक जनाको ६४० रुपैया लिने गरिएको छ भने भारतिय नागरिकलाई ८०० रुपैया लिने गरिन्छ । सार्क मुलुकका पर्यटकको लागि १० डलर र अन्य विदेसीबाट २० डलर शुल्क लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed