![]()
सप्तरी । पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसंग गरेको कोसी उच्च बाँधबारे असन्तुष्टि पोखेका छन ।
देश नम्बर २ को निर्वाचन प्रचारप्रसारका क्रममा सप्तरीको राजबिराज पुगेका अध्यक्ष प्रचण्डले कोसी उच्चबाँधबारे बिनाअध्ययन सहमति जनाएकोमा प्रधानमन्त्री देउवाको आलोचना गर्नुभयो । उनले भने, ‘कोसी हाइड्याम नेपालीको हितमा छ, छैन, त्यसबारे विस्तृत अध्ययनपछि मात्रै सरकारले कदम अगाडि बढाउँदा उचित हुन्छ ।’
माओवादी अध्यक्ष दाहालले कुनै क्षेत्रीय पार्टीबाट मधेसको विकास सम्भव नहुने भन्दै मधेसको पहिचान माओवादीको ‘जनयुद्ध’बाट स्थापित भएको मुद्दा भएको बताए । यो वर्ष नेपाल र नेपालीको चुनावी वर्ष भएको उल्लेख गर्दै उनले मधेसमा माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको दाबी गरे ।


