Breaking News.... EverestOnlineKhabar
June 6, 2026

बाढी प्रभावित क्षेत्रमा ६ महिना भित्र घर बनाउन गृहमन्त्रीको निर्देशन

Loading

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री शर्माले ६ महिना भित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने योजनासहित अघि बढन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री शर्माले तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर अघि बढन पनि निर्देशन दिनुभयो । विस्थापितहरुको तथ्यांक तयार गरी अर्को वर्षामा बाढी आउँदा बिपद नहोस भनेर अहिले नै उद्दार सामग्री किन्नुपर्ने पनि धारणा राख्नुभयो ।

मन्त्री शर्माको निर्देशनपछि समितिले घरको छानोलाई जस्ताले छाउन दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ । बाढी आएको बेला राहत र उद्दारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed