Breaking News.... EverestOnlineKhabar
June 6, 2026

एप्पल कम्पनीद्वारा आइफोनका तीनवटा नयाँ मोडल सार्वजनिक

Loading

एजेन्सी । एप्पल कम्पनीले आइफोनका तीनवटा नयाँ मोडल एकैपटक सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको स्टिभ जब्स थियटरमा आयोजित कार्यक्रममा पहिले एप्पल वाच सिरिज ३, एप्पल टिभी फोर के र खाइफोन ८ र ८ प्लस सार्वजनिक गरिएको थियो ।

एप्पलका सिइओ टिम कुक तीनवटै नयाँ मोडलका आइफोन सार्वजनिक गरेका हुन । उनले आइफोन एक्सको घोषणा गरे जसलाई उच्चारण गर्दा आइफोन ‘टेन’ भनिन्छ । पहिलो आइफोन सार्वजनिक भएको १० वर्षपछि सार्वजनिक गरिएको हुनाले नयाँ मोडलको आइफोनलाई आइफोन १० भनिएको हो । योसँगै एप्पलले आइफोन ८ पछि आइफोन ९ नआउने अनुमान गरिएको छ ।

आइफोन ८ यही महिनाको अन्तसम्म हातमा पर्ने भए पनि टेन भने नोभेम्बरमा मात्र आउने छ ।
आइफोन ८ र ८ प्लसमा के छ ?

  • आइफोन ८ र ८ प्लस पछिल्ला आइफोनहरु ७ र ७ प्लसका अपडेटेड संस्करणका रुपमा रहेका छन् ।
  • ८ को डिस्प्ले ४.७ इञ्च रहेको छ भने त्योभन्दा ठूलो ८ प्लसको साढे ५ इञ्च रहेको छ । यसका स्पिकरहरु ७ को भन्दा २५ प्रतिशत ठूलो आवाज निकाल्न सक्छन ।
  • यसमा ए ११ बायोनिक चिप छ ।
  • १२ एमपीका क्यामेरा छन् ।
  • यसले फोर के ६० फ्रेम पर सेकेन्डको भिडियो खिच्न सक्छ ।
  • लो लाइटमा छिट्टै अटो फोकस गर्न क्षमता छ ।
  • ८ प्लसमा १२ एमपीका दुई वटा क्यामेरा छन ्।
  • ८ प्लसमा पोट्रेट लाइटिङको नयाँ सुविधा थपिएको छ ।

८ र ८ प्लस दुवैमा ची वायरलेस चार्जिङको सुविधा थपिएको छ । ६४ जीबी र २५६ जीबी गरी दुई वटा विकल्पमा मात्र यो उपलब्ध हुनेछ ।
नेपाली बजारमा यी फोन कहिले उपलब्ध हुने भन्ने बारे कुनै जानकारी आएको छैन ।

एप्पलले सबैभन्दा महँगो आइफोन एक्स पनि घोषणा गरेको छ । यसको उच्चारण एक्स नभई टेनको रुपमा गरिनेछ ।
आइफोन टेनमा केही नयाँ विशेषता थपिएका छन ्।

एउटा प्रमुख विशेषता फेस आइडी हो ।
यो फोनमा पूरै डिस्प्ले दिनका लागि होम बटन हटाइएको छ । बरु यसका लागि फेस आइडी तयार छ ।
फोनको अगाडि भागमा रहेको क्यामेराले प्रयोगकर्ताको अनुहार स्क्यान गरी फेस आइडी तयार पार्छ ।
यो फोनको सुरुवाती मूल्य नै ९९९ अमेरिकी डलर रहेको छ । नोभेम्बर ३ तारिखदेखि मात्र यो बजारमा आउनेछ ।
६४ जिबी र २५६ जिबीमा आउने यो मोडलको आइफोनमा सबैभन्दा महँगो मोडलको मूल्य अमेरिकामा ११४९ डलर रहेको छ ।

नेपालमा यो मोडलको आइफोन कहिले बजारमा आउने र मूल्य कति हुने भन्ने जानकारी आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed