![]()
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तरर्घात गर्ने नेताहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । बिभिन्न जिल्लाबाट प्राप्त उजुरीका आधारमा उनीहरुमाथि कारवाही अघि बढाइएको समिति संयोजक रमेश रिजालले जानकारी दिनुभयो ।
समितिले एक चरण उजुृरी परेका नेताहरुलाई स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरण सोधिएकाहरुमा बहालवाला र पूर्व सांसददेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसम्म छन् । स्पष्टीकरण चित्त बुझदो नभए उनीहरुलाई साधारण सदस्यबाट समेत बर्खास्त गर्न सकिने समितिले जनाएको छ ।
कारवाही प्रक्रिया अघि बढाइएका केही चर्चित नेता यस्ता छन
- नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्ल
- नुवाकोटका जिल्ला सभापति एवम् सांसद जगदिश्वरनरसिंह केसी
- पूर्व मन्त्री एवम रुकुमकी सांसद मिठु मल्ल
- जुम्लाका सांसद ललितजंग शाही
- जुम्लाका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सांसद दिनबन्धु श्रेष्ठ
- जुम्लाका जिल्ला सभापति जितबहादुर शाही
- दैलेखका जिल्ला सभापति कृष्ण बिसी
- चितवनका पूर्वसांसद तिर्थ भुसाल
- त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवम कांग्रेस महासमिति सदस्य तिर्थराज खनियाँ
छानबिन समितिले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा पार्टीका कुनै सदस्यले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भए असोज १० गतेभित्र उजुरी दिन पनि आह्वान गरेको छ ।


