Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निर्वाचनमा अन्तरर्घात गर्ने नेताहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । बिभिन्न जिल्लाबाट प्राप्त उजुरीका आधारमा उनीहरुमाथि कारवाही अघि बढाइएको समिति संयोजक रमेश रिजालले जानकारी दिनुभयो ।
समितिले एक चरण उजुृरी परेका नेताहरुलाई स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरण सोधिएकाहरुमा बहालवाला र पूर्व सांसददेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसम्म छन् । स्पष्टीकरण चित्त बुझदो नभए उनीहरुलाई साधारण सदस्यबाट समेत बर्खास्त गर्न सकिने समितिले जनाएको छ ।

कारवाही प्रक्रिया अघि बढाइएका केही चर्चित नेता यस्ता छन

  • नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्ल
  • नुवाकोटका जिल्ला सभापति एवम् सांसद जगदिश्वरनरसिंह केसी
  • पूर्व मन्त्री एवम रुकुमकी सांसद मिठु मल्ल
  • जुम्लाका सांसद ललितजंग शाही
  • जुम्लाका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सांसद दिनबन्धु श्रेष्ठ
  • जुम्लाका जिल्ला सभापति जितबहादुर शाही
  • दैलेखका जिल्ला सभापति कृष्ण बिसी
  • चितवनका पूर्वसांसद तिर्थ भुसाल
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति एवम कांग्रेस महासमिति सदस्य तिर्थराज खनियाँ

छानबिन समितिले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा पार्टीका कुनै सदस्यले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भए असोज १० गतेभित्र उजुरी दिन पनि आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed