![]()
बिराटनगर । एपीवान टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘नेपाल आइडल’को उत्कृष्ट तीनमा पर्न सफल निशान भट्टराईको स्वागतमा गृह जिल्ला मोरङमा जनसागर उर्लिएको छ । मंगलबार दिउँसो विराटनगर विमानस्थलमा निशान पुग्दा हजारौंको संख्यामा समर्थक निशानको स्वागतका लागि पुगेका थिए । निशान पुग्दा हजारौँ समर्थक विमानस्थल पुगेका थिए ।

निशानले विराटनगरको कन्चनवारी चोक, सुनसरीको इटहरी, मोरङको पथरी बजार र गृहनगर उर्लाबारी चोकमा आफ्नो प्रस्तुति दिएका छन् । विराटनगरमा भएको कार्यक्रममा निशानलाई हौसला प्रदान गर्न महानगरका मेयर भीम पराजुली आफैं पुग्नु भएको थियो ।
मेयर पराजुलीले निशान पूर्वको मात्र नभएर देशकै शान भएको बताउनुभयो । उहाँले निशानलाई नेपाल आइडल बनाउन पूर्णः सहयोग गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।
निशानले धरानमा समेत प्रस्तुति दिने छन् ।


