![]()
बिबिसि । बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले म्यानमार सरकारलाई उनको देशमा शरण खोज्दै आइपुगेका रोहिंज्या शरणार्थीहरुलाई फिर्ता लैजान आग्रह गरेकी छन् । प्रधानमन्त्री हसिनाले म्यानमार सरकारले रोहिंज्या मुसलमानहरुको गाउँबस्तीमा सेना तथा सुरक्षाकर्मी लगाएर हमला गर्न नहुने टिप्पणी समेत गरेकीछिन ।
केही साता यता म्यानमारबाट लखेटिएका तीन लाख सत्तरी हजार रोहिंज्या शरणार्थी छिमेकी बांग्लादेशमा पुगेका छन् ।
म्यानमारकी नेतृ आंग सान सूचीलाई एक व्यक्तिगत सन्देश दिंदै उनले “आफ्नै मान्छे“ भएकाले म्यानमारले ती शरणार्थीलाई फिर्ता लैजानु पर्ने बताइन् ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले बुधबार उक्त संकटबारे छलफल गर्न एक आकस्मिक बैठक डाक्दैछ । तर चीनले शान्ति र स्थिरता कायम गर्ने म्यानमारको अधिकारको पक्षमा आफू रहेको बताएको छ ।


