![]()
चितवन । पहिरोको जोखिम बढेपछि रातीको समयमा बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड बुधवारबाट २४ सै घण्टा खुल्ला हुने भएको छ । दशैँ, तिहार र छठ पर्वको समयमा आवतजावात धेरै हुने भएपछि सरकारले रातको समयमा पनि सो क्षेत्रमा यातायात सुचारु गर्न लागेको हो ।
विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि गत असार २५ गतेदेखि रातका समयमा सडकमा सवारी संचालन रोकिएको थियो । मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको हो ।
यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।


