Breaking News.... EverestOnlineKhabar
June 6, 2026

बीरगंजमा कांग्रेस बलियो, १४ मध्ये १० पालिका जित्ने दावी

Loading

पर्सा । प्रदेश नम्बर २ मा ब्यापक चुनाव लागेको छ । अशोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि दलहरु चुनावी प्रचारप्रसारमा निकै व्यस्त छन । त्यसमा पनि प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकाका बीरगंज महानगरपालिकामा सबैको विशेष ध्यान र चासो छ । बीरगंज महानगरपालिका आफनो कब्जामा लिन सबै दलहरुले ठूलो मेहनत गरिरहेका छन । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा, संघीय समाजवादी पार्टी लगायतका दलहरुले महानगरपालिकासहित अन्य स्थानीय तहमा जित हासिल गर्न अहिले घर दैलो अभियानलाई तीव्र पारेका छन ।

सबै दलहरु प्रचार अभियानमा रहेकाबेला नेपाली कांग्रेस पर्साले भने जिल्लाका १० पालिका मध्ये कम्तिमा १० पालिकामा जित हासिल गर्ने दावी गरेको छ । नेपाली कांग्रेसका युवा नेता राकेश सिंहले बीरगंज महानगरपालिकामा कांग्रेसका उम्मेदवार अजय द्विवेदीको जित सुनिश्चित रहेको बताउनुभयो । अन्य पार्टीको उम्मेदवार भन्दा कांग्रेसका उम्मेदवार द्विवेदी जनतामा भिजेको, पुरानो र सक्षम, इमान्दार र नैतिकवान, जिम्मेवार र प्रतिबद्ध भएकाले उनीसहित उपमेयरमा शान्ति कार्कीको जित सुनिश्चित रहेको सिंहले बताउनुभयो ।

महानगरपालिकामा कांग्रेसको प्रतिष्पर्धी उम्मेदवार संघीय समाजवादी फोरमका विजय सरावगी र एमालेका उम्मेदवार बसरिद्धिन अन्सारी भएपनि उनीहरु राजनीतिक व्यक्ति भन्दा पनि अवसरवादी बढी भएकाले उनीहरुको उम्मेदवारीको कुनै अर्थ नभएको सिंहको टिप्पणी छ । अन्सारी र सरावगी दुवै जना पाँच महिना अघि अर्कै पेशामा भएको र अहिले चुनावका बेला मौका छोप्न मात्र उम्मेदवार बनेको सिंहको आरोप छ ।

नेता सिंहले बीरगंजको बृहत्तर विकास, १५ बर्षदेखि अवरुद्ध जिल्लाको विकास गतिविधिलाई ट्रयाकमा ल्याउन र मधेश आन्दालनले छियाछिया भएको बीरगंजको अवस्थामा सुधार ल्याउन पनि जनताले कांग्रेसलाई भोट दिने विश्वास व्यक्त गर्नुभयो ।

One thought on “बीरगंजमा कांग्रेस बलियो, १४ मध्ये १० पालिका जित्ने दावी”
  1. ३२वटा वडामा नै काङ्रेसको लहर छ। जित निस्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed