![]()
काठमाडौं । सर्वोच्च अदालतले आज नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवाद सम्बन्धी मुद्दाको फैसला सुनाउँदैछ । भदौ १५ गते मुद्दाको फैसलाका लागि आजको मिति तोकिएको थियो ।
आज प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो । इजलासमा पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य छन् ।
सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्य सम्पादन, मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवालअगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो । सरकारले चैत २८ गते महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो । उक्त नियुक्तिविरुद्ध पनि सिलवाल पुनः सर्वोच्च पुगेका थिए ।


