Breaking News.... EverestOnlineKhabar
June 5, 2026

ठाडोभाकाका शिखर गायक भेंडीखर्के साइँलाको निधन

Loading

लमजुङ । ठाडोभाका गायक भेंडीखर्के साइँला (दीर्घराज अधिकारी) को ८५ बर्षको उमेरमा निधन भएको छ । अधिकारीको सोमबार साँझ आफनै निवासमा निधन भएको हो ।

एक महिनादेखि बिरामी रहेका अधिकारीको लमजुङमा उपचार हुन नसकेपछि भदौ २१ गते काठमाडौंको बीर अस्पताल लगिएको थियो । डाक्टरले ‘आराम गराइदिए पुग्छ’ भनेपछि भेंडीखर्केलाई उनकै घर लगिएको थियो ।

लमजुङको सिन्दुरेको तुर्लुङकोटमा वि.सं.१९९० भदौ २९ गते बुवा बलभद्र र आमा नन्दकुमारीको कोखबाट जन्मेका उनी बुवाको भेडीगोठमा बस्थे । बुवालाई स्थानीयले भेडीखर्के भन्थे । तिनै भेडीखर्केको साइँलो छोरा थिए दीर्घराज अधिकारी । तिनका नाम पछि भेडीखर्के साइँला रहन गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed