Breaking News.... EverestOnlineKhabar
June 5, 2026

म्यान्मार सरकारद्वारा बिद्रोहीको एकतर्फी युद्धबिराम अस्वीकार

Loading

बिबिसि । म्यानमार सरकारले रोहिंग्या मुस्लिम विद्रोहीद्वारा एकतर्फी रुपमा गरिएको युद्धविराम घोषणा अस्वीकार गरेको छ । नेतृ आङ साङ सूकीका प्रवक्ताले माइक्रोब्लगिङ साइट ट्वीटर मार्फत म्यानमार सरकारले आतंकवादीसँग वार्ता नगर्ने उल्लेख गरेका हुन ।

यसअघि आर्कन रोहिंग्या साल्भेशन आर्मी अरसाले मानवीय सहायता र्पुयाउन भन्दै एक महिनाका लागि युद्धविराम घोषणा गरेको थियो । अरसाले गत २५ अगस्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले कारबाही शुरु गरेको थियो । सैनिक कारबाही शुरु भएयता तीन लाख रोहिंग्या मुस्लिम छिमेकी मुलुकमा शरण लिन पुगेका छन् ।

विद्रोहीले सुरक्षा फौजलाई पनि युद्धविराम गर्न र मानवीय सहायताकर्मी संस्थालाई काम गर्न दिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed